स्याङ्जा । वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा स्याङ्जामा वडा सदस्य पक्राउ परेका छन्। चापाकोट नगरपालिका–१ का वडा सदस्य सन्तोष थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजे वडा कार्यालय परिसरमा वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ परेका हुन्। उनलाई अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।

