निशान कारको डिकीमा १२ पोका गाँजा, २१ वर्षीय युवक पक्राउ

पर्सा । पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। पकहाँ मैनपुर गाउँपालिका–१ धोरेमा चेकजाँचका क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारको डिकीबाट ११४ किलो २५ ग्राम गाँजा बरामद गरिएको हो।

प्रहरीका अनुसार १२ वटा पोका बनाएर प्लास्टिकको डोरीले बाँधेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा धादिङ बेनिघाट रोराङ–८ का २१ वर्षीय साजन चेपाङ पक्राउ परेका छन्। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको