पर्सा । वीरगञ्ज–१४ गण्डकस्थित गोलडेन फिङ्गर गेमिङ जोनमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा आठ जना पक्राउ परेका छन्।
प्रहरीले प्राप्त सूचनाका आधारमा क्यासिनोमा छापा मार्दा जुवा खेलिरहेका व्यक्ति तथा नेपालीलाई प्रवेश गराउन संलग्न चार कर्मचारीलाई नियन्त्रणमा लिएको हो। घटनामा संलग्नहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

