टाटा सुमो सुनकोशी नदीमा खस्दा ३तीन को मृत्यु

फिक्कल ।  काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्  ।
प्रारम्भिक जानकारीअनुसार, टाटा सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, कालिमाटीबाट सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा चालकसहित १० जना सवार रहेको टाटासुमोमा रहेका मध्ये हालसम्म तीन जनाको शव फेला परेको छ। अन्य तीन जना बेपत्ता छन् भने चार जनाको उद्धार गरी घुर्मीतर्फ पठाइएको बताइएको छ।
दुर्घटनापछि टाटा सुमो सुनकोशी नदीमा आंशिक रूपमा डुबेको अवस्थामा रहेको जनाइएको छ।
घटनास्थलमा उद्धार कार्य तथा बेपत्ताहरूको खोजीसम्बन्धी थप विवरण आउन बाँकी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको