काठमाडौँ । नेपाल ‘ए’ले अष्ट्रेलिया भ्रमणअन्तर्गत अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’लाई रोक्न सकेन। २१२ रनको लक्ष्य दिएको नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २११ रन बनाएको थियो। पवन सर्राफले ५९ र लोकेश बमले ४७ रन बनाउँदै नेपालको स्कोर उकासे। जवाफमा न्युजिल्यान्ड ‘ए’ले ४९.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
न्युजिल्यान्डका राइस मारिउले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रन बनाए। नेपालका रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई–दुई विकेट लिए।

