महँगोमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना

काठमाडौँ । सरकारले तोकेको मूल्यभन्दा बढीमा खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने काठमाडौंको एक किराना पसललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो।

विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार उक्त पसलले सरकारले तोकेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो।

सरकारले एक सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा ५४० रुपैयाँ बढी लिएर ग्यास बिक्री गरेको पाइएपछि पसललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको