कक्षा १–१२ को पाठ्यक्रम परिमार्जन हुँदै, एआई र प्राविधिक शिक्षालाई प्राथमिकता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीको आवश्यकता र बदलिँदो समयअनुसार कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन्।

जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा बोल्दै उनले देशभरबाट सरोकारवालाको सुझाव सङ्कलन गरेर नयाँ पाठ्यक्रम तयार गर्न लागिएको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार पाठ्यक्रम परिमार्जनका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य पक्षको सुझावलाई प्राथमिकता दिइनेछ। नयाँ पाठ्यक्रममा किताबी ज्ञानसँगै व्यावहारिक, प्राविधिक र सीपमूलक शिक्षालाई जोड दिइने तथा कृत्रिम बौद्धिकता (एआई) को सदुपयोगसम्बन्धी विषयसमेत समेटिनेछ।

उनले व्यापक छलफल र सुझावका आधारमा मात्र पाठ्यक्रम निर्माण गरिने भएकाले सबै सरोकारवालालाई रचनात्मक सुझाव दिन आग्रह गरे। साथै, विद्यालय शिक्षाका समस्या समाधान गर्न विद्यालय शिक्षा ऐन ल्याउने तयारी भइरहेको र ऐन कार्यान्वयनपछि विद्यालय तहका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको