‘ग्लोबल साउथको सामूहिक आवाज विश्व शासनमा प्रभावकारी हुनुपर्छ’ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा आयोजित ग्लोबल साउथका मुलुकहरूको बैठकमा उनले विश्वको ठूलो जनसंख्या निर्णय प्रक्रियामा सीमान्तकृत रहँदा दिगो विश्वव्यापी समृद्धि सम्भव नहुने बताए।

नेपालले समूह–७७ तथा चीन र असंलग्न आन्दोलनमार्फत विकासशील विश्वको ऐक्यबद्धतामा विश्वास गर्दै आएको उल्लेख गर्दै उनले ‘वसुधैव कुटुम्बकम्’को अवधारणाले साझा भविष्यको भावना बोकेको बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको