बिजुलीको अँध्यारो हटायौँ, अब भ्रष्टाचार र बेथितिको अँध्यारो हटाउनेछौँ : घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानमा नागरिकले दिएको साथ र विश्वासप्रति आभार व्यक्त गरेका छन्।

तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले २०७३ सालअघिको अँध्यारो समय सम्झिएको बताएका हुन्। नागरिकको विश्वास र दृढ संकल्पले देश लोडसेडिङमुक्त भएको तथा नेपाली बिजुली विदेशसम्म पुग्न सफल भएको उनको भनाइ छ।

अब भ्रष्टाचार, गरिबी, बेरोजगारी, अन्याय र बेथितिविरुद्ध लड्दै समृद्ध नेपाल निर्माण गर्ने आफ्नो संकल्प रहेको उनले बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको