वर्षाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय उच्च सतर्कतामा

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर भारीदेखि अति भारी वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छन्।

श्रव्यदृश्य सन्देशमार्फत उनले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको जानकारी दिइन्।

विपद् आइपरे तत्काल स्वास्थ्यकर्मी परिचालन गर्न सक्ने गरी तयारी गरिएको भन्दै उनले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग निरन्तर समन्वय भइरहेको बताइन्। साथै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ घण्टा तयारी अवस्थामा राखी सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन भइरहेको उनले जानकारी दिइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको