रुपन्देही । प्रहरीले रुपन्देहीमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ६ लाख १० हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।

