काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको बताउनुभएको छ।
आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा प्रधानमन्त्री शाहज्यूले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।
उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री शाहज्यूले एनपीएललाई सुन्दर खेल उत्सवका रूपमा उल्लेख गर्दै नेपाली क्रिकेटको विकास र सफलताको कामना गर्नुभएको छ।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेल आज साँझ ५ बजेदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

