कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्।
आफ्नै घरमा लागूऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले २३ वर्षीया अस्मिता बोहोराको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा कोठाको दराजमाथि रहेको कालो रङको लेडिज ब्यागभित्र खैरो रङको धुलो पदार्थ ९ ग्राम २४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पदार्थ ब्राउन सुगरजस्तो देखिएको छ। घटनास्थलबाट लागूऔषध तौल गर्न प्रयोग हुने एउटा डिजिटल तौल मेसिनसमेत बरामद गरिएको छ।

