आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतियोगितामा सहभागी हुँदैछन्।

एनपीएलको तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको