नेपाल प्रिमियर लिग उद्घाटन खेल : लुम्बिनी लायन्सले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जित्दै सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

लिगको पहिलो खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन् ।

सम्बन्धित खवर