सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पीडितसँगको छलफलमा उहाँले सहकारीका कारण उत्पन्न समस्या समाधान गर्न मन्त्रालयले अन्य सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिनुभयो।

उहाँले सहकारीसम्बन्धी मुद्दा छिटो टुङ्ग्याउन प्रहरीमा छुट्टै डेस्क र मुद्दाको चाप भएका अदालतमा विशेष बेन्च स्थापना गर्न पहल भइरहेको बताउनुभयो। यस विषयमा प्रधानन्यायाधीशसँग छलफल भएको उहाँको भनाइ थियो।

सहकारी सञ्चालकले विदेशमा लगानी गरेको भए त्यस्तो रकम फिर्ता ल्याउन आवश्यक कानुन निर्माण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री रावलले बताउनुभयो।

सम्बन्धित खवर