ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं। विशेष सूचनाका आधारमा एक गेस्टहाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरी बलले दुई जना पक्राउ पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ मा छापा मारेर द’ईजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूलाई बिक्री वितरणका लागि राखिएको ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल फोन र चार हजार ५५० रुपैयाँ नगद बरामद भएको छ।
बरामद लागूऔषध तथा अन्य सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

 

सम्बन्धित खवर