काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९७० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार सुन २ लाख ८१ हजार ५०० रुपैयाँ र चाँदी ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

