इच्छाकामनाको धारापानीमा सवारी दुर्घटना, ११ जना घाइते

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते भएका छन्।

दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस परेका छन्।

आज बिहान ८:४५ बजे भएको दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।

सम्बन्धित खवर