पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक पुनः सञ्चालनमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि पुनः सञ्चालनमा आएको छ।

बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा यातायात आवागमन अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्। पहिरो पन्छाउने जिम्मा लिएको मंगला कन्स्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेका अनुसार तत्कालका लागि सडक मर्मत गरी यातायात सञ्चालन गरिए पनि निरन्तर पहिरो खसिरहेको छ।

उनले जुनसुकै समयमा पुनः सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको भन्दै यात्रु तथा सवारी चालकलाई सतर्क रहन आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको