आज मलेखु–मुग्लिङ सडकमा चार घण्टा सवारी आवागमन ठप्प

चितवन । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

धादिङको मझिमटारमा आकाशे पुलको गर्डर राख्ने काम गर्नुपर्ने भएकाले चार घण्टा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डले जनाएको छ।

उक्त समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र धैर्य गर्न आयोजनाले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको