काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा काठमाडौँ पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। दुई खेलमा जित निकालिसकेको कर्णाली भने लगातार तेस्रो जितको खोजीमा हुनेछ।
दोस्रो खेलमा सुदूरपश्चिमलाई जित निकाल्नुपर्ने दबाब छ। तीन खेलमध्ये दुईमा पराजित भएको सुदूरपश्चिमले अपराजित चितवनसँग प्रतिस्पर्धा गर्नेछ।

