विश्वमै नेपाल ज्योति ज्ञानको बाल्ने बाटोमा

                        लेखक ज्योतिष  उदय निरौल

ज्योतिषको संहिता प्रकरण मुताविक २०८३ मङ्सिर १०गते राहु बक्रि ग्रह भएको कारण कुंभरासिबाट मकररासिमा जानेछन् ,केतु सिंहबाट कर्कटमा जानेछन् ।वर्तमानमा केतु,मंगल र ठूला सात्विक ग्रह बृहस्पति सिंह रासिमा मगल धार्मिक ग्रह सिंहमै सरिसकेका छन् तसर्थ केतु पनि सिंहमा छन् मगललाई केतु आध्यात्मिक ग्रह भएको कारण हिलियमका द्योत्तक ग्रह केतु बाल्न वा डढाउन जोड गर्ने र शनिको रासिमा राहु मकरस्थ हुनाले षडाष्टक बन्नुले मेदिनी ज्योतिष अनुसार शात्विक र तामसिक ग्रहहरू बीच युद्धमा छन् ।जसले देवता र दानव बीच युद्ध निर्माण गराँउछन्।
सुर्य ग्रहका राजा कार्तिक भरि निच भै शनिसँग छ/आठ षडास्टक बन्नु पनि राम्रो मानिन्न तसर्थ राहुकेतु मकर र कर्कटमा रहुन्जेलको अवस्था बीच सरकार विरोधी आन्दोलन ,षड्यन्त्र बिरोधि पार्टीका ,बिचौलिया र भ्रष्ट मानिसहरू मिलेर जनता उचालेर आन्दोलन नाम दिएर लुटपाट र आगजनीमा उत्रन सक्नेछन् यस प्रति सरकार चनाखो रहनु वेश हुनेछ र जनतले पनि अत्याचारीहरूलाई साथ दिनबाट बच्नु पर्नेछ ।फेरि अतिचारमा रहेका गुरु २०८३ मङ्सिर २८बाट बक्रि बनेर सिंहमा (निरयण रासि लाहिरी अयनांश अनुसार )एवं २०८३ माघ १२मा कर्कट आफ्नो उच्च रसिमा फर्कने २०८३ चैत ३०सम्ममा मात्र मार्गि हुने भएको कारण कर्कटमा निच काममा सक्रिय हुने त्यो ६७दिन पनि सरकारलाई ढाल्न उद्यत रहने तत्वहरू जासुसी हुनेछन् तसर्थ सरकारी दल फुटाउन खोज्ने प्रति सो सरकारमा रहेको दलका सभापति र प्रधानमन्त्री बीच बैमनश्य बढ्न जाने संभावना रहनसक्ने ग्रहको परिस्थिति नकार्न नसकिने भएको कारण सरका र दल सचेत रहनु पर्नेछ ।यो सुझाव सरकार र देशप्रेमी जनतालाई हो ।
कथंकदाचित बिरोधि दलहरू सडकमा आएका खण्डमा भयानक राजयोग भएका प्रधानमन्त्री अन्यायीहरू विरुद्ध श्रीकृष्णले कौरव सखाप पारेजस्तो डिक्टेटर बनेर उत्रन सक्ने संभावना देखिनाले जनता तथा सेनाले विरोधी भ्रष्टाचारी र अत्याचारी सखाप नपार्लान् भन्न सकिन्न। जेहोस देश विकास र जनतामा न्याय स्थापनाका कार्यमा प्रधानमन्त्री बालेन्द्र साहलाई इश्वरले वा सुपरकन्सस इनर्जी वा प्रकृतीले निमित्त उभ्याएको होइन भन्न मेरो अन्तरमुखी मनले सकिरहेको छैन तसर्थ राष्ट्र निर्माणका लागि बालेन उभ्याइएका पात्र हुन् बिरोधिहरू सबै २०८४भित्र सकिनेछन् म धेरै उज्यालो राष्ट्र विश्वमा नेपाल देखिरहेको छु।हिमवत खण्डमा हाम्रो देश जाग्नेछ र विश्व मै हाम्रो राष्ट्रबाट ज्योति इश्वरीय बाल्ने छ ढुक्क छु।
जय नेपाल ।
यस्तो ग्रहहरूको संयोग एकयुगमा एक पटक आउँछ र युगलाई फोहोर कचरा फालेर नयाँ डाइमेनसनमा लानेछन् बृहस्पति पुनः ग्रहका राजा रासि सिंहमा २०८४ असार १२मा सिंहमा फर्केर सफाई गर्नेछन् ।पुनः २०८४मार्ग २०गते मार्गीहुँदै सिंहबाट कन्यामा जानेछन्।मेषरासिमा शनि मिनको ३०महिने बसाइ पुर्ण गरेर २०८४जेठ २०गते मेषमा प्रवेश गरेर पुनः बाँकी कचरा साफ गर्न २८४आश्विन ३गते गुरुको रासि मिनमा बक्रि बनेर प्रवेश गर्नेभएका कारण विश्व अर्को युगमा प्रवेश गर्नेछ ।
यो ग्रह गोचर सामान्य होइन तसर्थ घोक्रो फुलाउने र सरकार विरुद्ध आन्दोलन घोषणा गर्न उद्यत विपरीत दलका नेताहरूलाई उल्टै जनताले खेद्ने समय नजिकै छ तसर्थ सचेत रहनु नै बिरोधि दल र सरकारी दलका विरोधी र षड्यन्त्रकारी कोही जासुसी नेताभए बला नहर्किँदै सुद्रिनु उचित देखिन्छ ।अब अन्याय सकिने र न्यायपुर्ण विश्वको निर्माण हुनेमा दुईमत छैन नै।

श्रद्धेय अति आदरणीय चैतन्य निराकारबाट साकार रुपमा अवतरण हुनुभएका मेरा गुरूदेवको आज्ञानुसार म भित्रको अन्तरमुखी “म”ले उपरोक्त ज्योतिषका आधारमा लेखाएको यो भविष्य कथन पुर्णतः पुग्नेछ ।गरूदेवमा कोटीकोटी नमन।

लेखक ज्योतिष  उदय निरौला

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको