धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप करिब ४०० मिटर तल खस्दा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
गएराति लापाबाट बोराङतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ।

