आईएमएफबाट १५ अर्ब ९४ करोड सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब १५ अर्ब ९४ करोड रुपैयाँबराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने १०७ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

त्यस्तै, भोटेकोसी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले दिने दुई मिलियन अमेरिकी डलर अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीतिक कार्ययोजना २०२६–३०, राष्ट्रिय झोलुंगे पुल नीति २०८३ तथा सम्पदा संरक्षणसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको