काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्ने भएको छ। आयोगले आज बिहान ११:३० बजे राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ।
छलफलमा निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक तयारीका विषयमा दलहरूको सुझाव लिइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।
जनप्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले निर्वाचनसम्बन्धी गृहकार्य अघि बढाएको हो।

