जुवातास खेल्ने २६ जना पक्राउ, साढे ४ लाखभन्दा बढी नगद बरामद

काठमाडौँ । म्याग्दी र धनकुटामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङमा तास खेलिरहेको अवस्थामा विष्णु निउरेसहित ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५७ हजार ४० रुपैयाँ र चार बुक तास बरामद भएको छ।

त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा कौडा खेलिरहेको अवस्थामा तेजकुमार श्रेष्ठसहित २० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट तीन लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको