काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन गर्ने प्रस्ताव गरेको छ।
शुक्रबार राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले यस्तो प्रस्ताव अघि सारेको हो।
छलफलमा कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछाने र नेकपा संयोजक प्रचण्ड सहभागी थिए। एमाले अध्यक्ष केपी शर्मा ओली भने निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई सहभागी गराएर बाहिरिएका थिए।

