लामो समय कुर्सीमा बस्दा मुटु रोग र मधुमेहको जोखिम
Download 2025 04 15t161539.786

April 15, 2025, Jyotishsanchar press

काठमाडौँ। लामो समयसम्म एकै ठाउँमा बसिरहँदा शरीरमा शारीरिक गतिविधिको कमी हुन्छ। जसले मुटु रोग, टाइप २ मधुमेह, र समयपूर्व मृत्युको जोखिम बढाउँछ।

सन् १९५३ मा गरिएको एक अध्ययनले लन्डनका बस चालकहरूमा बस कन्डक्टरहरूको तुलनामा मुटु रोगको जोखिम दोब्बर देखिएको थियो, जसको कारण कन्डक्टरहरू बढी चल्ने र उभिने गर्थे, जबकि चालकहरू लामो समयसम्म बसिरहन्थे।

जनसाङ्ख्यिक हिसाबले उमेर, लिङ्ग र आयको आधारमा काम गर्ने दुई वटा समूह ब्रिटेनमा समान हुन् तर यस्तो उल्लेख्य फरक किन? मोरिसको जबाफ छ: बस कन्डक्टरले दुई तले बसमा भर्‍याङ पनि चढ्नुपर्थ्यो र टिकट बेच्दा उभिनु पर्थ्यो तर बस चालक भने लामो समयसम्म सीटमा बसिनै रहन्थे। उनको ऐतिहासिक अध्ययनले शारीरिक गतिविधि र मुटुको स्वास्थ्यबीचको सम्बन्धबारे प्रारम्भिक अध्ययन गरेको थियो।

लामो समय बस्दा खुट्टामा रक्त प्रवाह कम हुन्छ, जसले पिँडुलामा रगत जम्न सक्छ। यसले मांसपेशीको गतिविधि घटाउँछ, हड्डीको घनत्व कम गर्छ, र बोसोको मात्रा बढाउँछ। साथै, लामो समय बस्नाले मानसिक तनाव, डिप्रेसन, र शारीरिक असहजता पनि निम्त्याउन सक्छ।

स्वास्थ्य जोखिम कम गर्न, प्रत्येक ३०–६० मिनेटमा उठ्ने, हल्का हिँड्ने, वा जिउ तन्काउने सल्लाह दिइन्छ। उचाइ मिलाइएको कार्यस्थल, उभिने बैठक, वा ट्रेडमिल प्रयोगले पनि फाइदा पुर्‍याउन सक्छ। नियमित रूपमा सानो शारीरिक गतिविधि अपनाउँदा लामो समय बस्ने बानीबाट हुने नकारात्मक असरहरू घटाउन सकिन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको