सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
Capture 2is5g1nmco Umgff0u9mbrxayzyyjg5bo27uvxbwxjeyq4qmihm6drqjqdfq7qqrlilfm7a Haelalc5cw Exmeculnnsvczjsn6lgisy06jxuzeel8ddgacjuik7pejvkmomzr8sf0w1p6

April 16, 2025, Jyotishsanchar press

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ ।

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो ।
स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको मङ्गलबार विज्ञप्तिमार्फत जनाएको छ ।  रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको