विमानस्थलमा दुर्व्यवहार गर्ने तीन प्रहरी जिम्मेवारीबाट हटाइए
Police Karbahi Zcp80x65w1 C5yqfy6grf

April 16, 2025, Jyotishsanchar press

त्रिभुवन विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीनजना प्रहरी कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ।

उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए।
उनीमाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

१० दिनको बिदामा काठमाडौँ आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन्।

ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीले उनैमाथि थप दुर्व्यवहार गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको