कवाड संकलकलाई लछारपछार गर्ने नगर प्रहरी जिम्मेवारी मुक्त
Kabad Sankalak G7bgyreihr

April 16, 2025, Jyotishsanchar press

साइकलमा सवार कवाड संकलक एक व्यक्तिमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीहरूलाई काठमाडौँ महानगरपालिकाले बर्खास्त गरेको छ।

बुधबार बिहान साइकलमा हिँडिरहेका ती कवाड संकलकलाई लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले कारबाही थालेको हो।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई जिम्मेवारीमुक्त गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बलको कार्यालयमा तानिएको जनाएको छ।

काठमाडौँ महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको
महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्।

बुधबार जारी वक्तव्यमा पदमुक्त गरिएका प्रहरीको नाम र संख्या भने खुलाइएको छैन।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको