पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु
1610167197 Current

April 21, 2025, Jyotishsanchar press

विराटनगर । ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो ।

बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले मृतकको नाम सनाखत हुन बाँकी रहेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको