
April 23, 2025, Jyotishsanchar press
कोसी राजमार्गअन्तर्गत संखुवासभा को भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ।
आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए।
मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको लामिछानेले बताए। रासस

