सेती अस्पतालको तेस्रो तलाबाट मिर्गौला पीडित बिरामीले हामफाल्दा मृत्यु
Seti20hospital1679812529 Otihvxbuf1 Opgdftszmawcbolxfmeymhn4gfuumfc5af9j2sgbaxrftnf1n9r0gykfuvsy 0synbocsmu Wtl1wmfawcl6v3auuhz4emfvcjipzm5b2ajrfgoiowg5lbektowlcch6ffzz

April 29, 2025, Jyotishsanchar press

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत ६३ वर्षीय मिर्गौला पीडित चक्रबहादुर सिंहले मंगलबार अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ निवासी सिंह सोमबार डायलासिसका लागि अस्पताल आएका थिए र त्यसपछि मेडिकल वार्डमा भर्ना गरिएको थियो ।

मंगलबार दिउँसो २ बजे तेस्रो तलाबाट हामफालेपछि उनलाई तत्काल आकस्मिक कक्षमा पुरयाइएको थियो, तर चिकित्सकले घटनास्थलमै मृत घोषणा गरेका थिए ।

अस्पतालका अनुसार सिंहकी श्रीमती कुरुवामा थिइन् र उनी एकैछिन बाहिर जाने भनेर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको