घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु
Child Death Body Gurjru3sgm

April 29, 2025, Jyotishsanchar press

मोरङ l मोरङको विराटनगर महानगरपालिका–४ जामुनगाछी राधाकृष्णमार्गमा घरको गेटले किच्दा एक बालकको ज्यान गएको छ।

मंगलबार बिहान करिब ९ः४० बजे घरको फलामको मेन गेट खोल्ने क्रममा नारायण झा को १० वर्षीय छोरा प्रियान्सु झा लाई  किचेको थियो ।

किचेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोवेल अस्पताल लगिएको थियो  तर चिकित्सकले जाँचपछि १०ः१५ बजे मृत घोषणा गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको