जसपा नेता बबी सिंहले नाचगानमा पड्काइन् पेस्तोल, प्रहरीले थाल्यो अनुसन्धान
Babi Jonakukmd2

May 1, 2025, Jyotishsanchar press

नाचगानमा पेस्तोल पड्काउने जनता समाजवादी पार्टीकी नेता डा.बबी सिंह यादवमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवमाथि अनुसन्धान सुरु गरेको हो। 

सप्तरीका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यादवलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको र घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए। 

‘उहाँलाई घटनाको बारेमा सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा बोलाइसकेका छौँ। उहाँ आउँदै हुनुहुन्छ। घटनाको अनुसन्धान सुरु भइसकेको छ’, एसपी शर्माले भने। 

यादवले एउटा पारिवारीक पार्टीमा नाचगान गर्दा हातमा पेस्तोल नचाउँछिन् र केही बेरमा पेस्तोल पड्काएको भिडिओमा देखिन्छ। तर उक्त पेस्तोल कस्तो हो भन्ने खुलेको छैन।

कोठा भित्रको नाचगानमा उनीसँगै केही महिला र पुरुषहरु नाचिरहेको देखिन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको