धमिलो पानी आएकाले तत्कालका लागि मेलम्ची खोलामा पानी पठाउन बन्द
20240405083612 20240404090025 Melamchi 233x175 1

May 4, 2025, Jyotishsanchar press

सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ । काठमाण्डौ उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको