कारले मोटरसाइकललाई ठक्कर दिँदा राैतहटमा बुबा–छोरीको ज्यान गयाे
Jeep Accident Final One 62spksmqgf

May 4, 2025, Jyotishsanchar press

काठमाण्डाै – रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको ज्यान गएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षका बलिराम सहनी र उहाँकी छोरी ४० वर्षकी उर्मिलादेवी सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।

आज बिहान चन्द्रनिगाहपुरबाट निजगढतर्फ गुडिरहेको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ गुडिरहेको कारले ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको रायले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको