तीव्र गतिको कार बिजुलीको पोलमा सातदोबाटोमा ठोकिँदा ३ जना घाइते
495015621 1825057131629148 8494956877646230714 N Zkog0cyfa8

May 5, 2025, Jyotishsanchar press

ललितपुरमा चालकले मादक पदार्थ खाएर चलाएको कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ललितपुरको हात्तीवन ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

एसपी जोशीले  दिएको जानकारी अनुसार गएराति सवा ११ बजेतिर हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको हो।

‘दुर्घटनामा ललितपुरकै गोदावरी नगरपालिका-३ का विशाल विक गम्भीर घाइते भएका छन्,’ एसपी जोशीले  भने, ‘उनको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।’

दुर्घटनामा म्याग्दी घर भई हाल गोदावरी नगरपालिका- ३ बस्दै आएका ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछाने पनि घाइते भएका छन्। उनीहरुको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने खतरामुक्त रहेको एसपी जोशीले बताए।

दुर्घटनामा परेको कारका चालक काठमाडौँ महाँकाल घर भएका रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

एसपी जोशीका अनुसार सापकोटाले मादक पदार्थ खाएर तीव्र गतिमा चलाउँदा कार दुर्घटना भएको हो।

कारको ठक्करबाट बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएको पोल र तार सडकमा लत्रिएको कारण त्यो क्षेत्रमा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको