धनकुटामा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ को अवस्था गम्भीर
Bus Dhankuta Benqbgmt4u

May 5, 2025, Jyotishsanchar press

धनकुटामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। धनकुटा नगरपालिका वडा नम्बर- ६ गोलाई नजिकै आज बिहान बस दुर्घटना भएको हो।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सडकबाट खसेर ५० मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ। अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको हो।

उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेलाई जिल्ला अस्पताल धनकुटा पठाइएको छ।

दुर्घटनाका सम्बन्धमा थप विवरण सङ्कलन र अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको