नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
Sadak20daunne Edd4tyysqw Rajsetpbhlr6fvz3tsdsaljo2qz6r4bzhe1u9vrthq49x5rnrdpuuauofmfw Ir4yfxozvl 40ym3ngbj6fgvvuvokkb12leksqjrmz0gyrvc0krtxj1xfbfz9843j3ncz0d

May 6, 2025, Jyotishsanchar press

नवलपरासी । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्य तर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।
रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको