कान्छी श्रीमतीको कायरतापूर्ण हत्यापछि आफूले पनि गरे आत्महत्या
What Are The Differences Between Murder And Manslaughter 1080x675 1

May 6, 2025, Jyotishsanchar press

पोखरामा एक अधबैँसे पुरुषले कान्छी श्रीमतीको कायरतापूर्ण हत्यापछि आफूले पनि आत्महत्या गरेका छन्।

घटना सोमबार दिउँसोको हो। पत्नीको हत्या गर्ने व्यक्ति पोखरा–१७ बिरौटाका ५७ वर्षीय ऋषिराम बराल हुन्। उनको हातबाट ३७ वर्षीया देवी पराजुली बराल मारिएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुईवटा घरबार गरेका ऋषिरामले कान्छी श्रीमती देवीसँग झगडा परेपछि धारिलो हतियार प्रयोग गरे। अनि त्यतिले नपुगेर मेडासिड नामक विषादी पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ।

घटनालगत्तै सो स्थानमा पुगेका तथा अनुसन्धानका जिम्मेवारी लिएका वडा प्रहरी कार्यालय वैदामका डीएसपी सन्तोष निरौलाका अनुसार घटनाको जानकारीपछि प्रहरी टोली पुग्दा श्रीमान–श्रीमती दुवै रगताम्मे अवस्थामा थिए।

श्रीमतीको अनुहारमा चोट थियो भने श्रीमानको घाँटीमा। श्रीमतीमाथि आक्रमण गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको छ।

छिमेकीका अनुसार ऋषिरामले तीन वर्षअघिमात्र देवीसँग दोस्रो बिहे गरेका थिए। ऋषिरामको जेठीतर्फबाट एक छोरा छन्। उनकी जेठी श्रीमती र छोरा पोखरा ५, मालेपाटनमा बस्दै आएका छन्।

कान्छीतर्फबाट भने जायजन्म भएको थिएन। पछिल्लो समय कान्छी श्रीमतीसँग पनि ऋषिरामको राम्रो सम्बन्ध थिएन। उनीहरु झगडा गरिरहन्थे। सोमबार नै ऋषिरामले जेठी श्रीमतीसँग भेटेको तस्वीर फेसबुकमा पोस्ट गरेका थिए।

‘उनीहरुको घर झगडा लामो समयदेखि कै हो। घटना स्थलमा मेटासिड पनि भेटिनुले घर झगडा वैमनश्यपूर्ण अवस्थामा पुगेको देखिन्छ,’अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले  भने, ‘पुरुषले अर्कालाई पनि सिध्याउने र आफू पनि नरहने सोच बनाएर घटना घटाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’

घटनालगत्तै पुगेको प्रहरीले श्रीमान–श्रीमती दुवैलाई अस्पताल पु¥याए पनि श्रीमतीलाई तत्काल मृत घोषणा गरिएको थियो भने श्रीमानको चाहिँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको