
May 7, 2025, Jyotishsanchar press
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्।
खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्।
घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै नियमित काममा रहेका उनकी छोरी गंगा दाहालले बताएकी छन्।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनु भएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!’ गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्।


