मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको सांसद प्रभु साहको आरोप
Pravu Saha

May 7, 2025, Jyotishsanchar press

आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’

मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको बताए ।

‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’

किसानलाई लुटेर महल जोड्ने काम भइराखेको भन्दै उनले यस्तो कार्य रोकिनुपर्ने माग गरे । पहाडमा मकै छर्ने बेला रहेको उल्लेख गर्दै उनले डीएपी मल नपाउने अवस्था रहेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको