जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे
Htd Afs3gtvlwm 1djtf4ugvezcbj4se0nxgxzdipyvuzzpfa5zaxfcg1vmvpgd8lrjlxrurnrp Oj3x18kjfm 8kdhkw1qd7jxocwiwl7tmwnvb0awubdacqbj4nrwq1du6dmfoadwxy9z7dav 2

May 8, 2025, Jyotishsanchar press

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोदेखि स्थलगत अध्ययन शुरू गरेकोमा आज दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेका हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाइ छ ।

टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेका छन् । उनीहरूले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेका हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको