सोलुखुम्बु केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्पकाे धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको केन्द्रले जनाएकाे छ । यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यस्तै १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

Earthquake Bkw8kvce3w

May 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको