बागमती सफाइ महाअभियानका १२ वर्ष पूरा

काठमाडौँ । बागमती सफाइ महाअभियान सुरु भएको साेमबारदेखि १२ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यस अवसरमा साेमबार काठमाडौँ महानगरपालिका–३२ र ९ को वाग्मती किनारमा सरसफाइ एवं १३ वटा रुद्राक्षको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

उनका अनुसार वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश गरेका अवसरमा जेठ १७ गते शनिबार विशेष कार्यक्रम गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरी नेपालको पूर्वदेखि सुदूरपश्चिम महाकाली, हिमाल, पहाड एवं तराईका विभिन्न स्थानमा १३ हजार बिरुवा रोप्ने कार्यक्रम तय गरिएको पनि महाअभियानले जनाएको छ ।

नदी संरक्षण अभियानकर्मी मेघ आलेको पहलमा बेलायतको थेम्स नदी र बागमती नदीलाई भगिनी नदीका रूपमा घोषणा गरिने भएको छ । दुई नदीबीच मित्रताको सम्बन्धमा जोड्न जेठ १८ गते आइतबार टेकु दोभानमा सिथी नख पर्वको दिन पारेर कार्यक्रम राखिएको छ ।

सफाइ महाअभियान १३औँ वर्ष प्रवेशको कार्यक्रममा कलाकारद्वय दीपकराज गिरि, दिपाश्री निरौला, कामनपा–९ का अध्यक्ष रामजी भण्डारी, कामनपा–११ का अध्यक्ष हिरालाल तन्डुकार, कामनपा–९ का वडा सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिसहित सफाइ अभियानकर्मीको उपस्थिति थियो ।

Ewlc4h4my7my7kozw5rdchrrjbk4xkmjb5pyyevy

May 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको