मण्डनदेउपुरका महिला स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम

कुन्तावेंसी । जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा मण्डनदेउपुर नगरपालिकाको समन्वयमा जेठ ११ र १२ गते मण्डनदेउपुर नगरपालिकामा अन्तिम ब्याचका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न भएको छ।

मंगलबार मण्डनदेउपुरमा अन्तिम ब्याचको तालिमसँगै पनौती, नमोबुद्ध, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर र बनेपा नगरपालिका गरी जिल्लाका ६ वटै नगरपालिकाका ४५७ जना स्वयंसेविकाहरूले मानसिक स्वास्थ्य तालिम प्राप्त गरिसकेका छन् ।

पछिल्लाे पटक मण्डनदेउपुरमा भएकाे कार्यक्रममा सबै वडाका महिला स्वयंसेविकाहरु उपस्थित रहनुभएकाे नगरपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।

Unnamed File.jpg

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको