संविधान दिवसको दिन आममाफी पाएर छुटेका काेइरालाले गरे तीन जनाको हत्या

बुटवल । रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई बच्चाको बिभत्स हत्या भएको हो ।

बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्धविच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वश्रीमान सूजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले बताएको छ ।

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका बताइएको छ ।

1748410351 Pylkg

May 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको